बैतडीका जयराम साउँदको भारतमा मृत्यु

बैतडी – बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–७ कठमडा तल्ला गाउँका ३४ बर्षीय जयराम साउँदको करेन्ट लागेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमबार बिहान उनको मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर कुँवरले बताए । गएको मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको उतै मृत्यु भएपछि अहिले घरपरिवार शोकमा डुबेको छ ।

Navadurga sun
Godawari sandesh

पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन् । उनको घरमा वृद्ध आमा,श्रीमति र दाजुभाउजु रहेका छन् ।  साउँदको भारतमा मृत्यु भएपछि तल्लागाउँ शोकमा डुबेको छ । अल्पायुमै साउँदको मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको कुँवरले बताए ।

Loading...