स्थानियहरु मिलेर बझाङमा एक दलित परिवारको निर्माणाधिन घर भत्काएपछि…

बझाङ- बझाङमा एक दलित परिवारको स्थानियहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काइ दिएका छन् । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानियहरु मिलेर भत्काएको पीडित पुड्के ओखेडाले बताए ।

साउन १० गते घर निर्माण स्थलमा आएर स्थानियहरुले घरको ढोका, ढुंगा उटेलेर (निकालेर) फालेको ओखेडाको भनाई छ । ‘२५ बर्षदेखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौँ । त्यो जमिनको लालपुर्जा पनि हामीसंग छ ।’ उनले भने ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘डुम, दलितहरु तिमीहरुले सार्वजनिक जग्गामा घर बनाउन पाउँदैनौं ‘भनेर गैरदलित गाउँलेहरु आएर घर भत्त्काउनुका साथै खेतमा लगाएको अन्नवाली पनि काटेर लगेको उनले बताए ।अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरेर ओखेडा सपरिवार न्यायका लागि सदरमुकाम चैनपुरमा पुगेका छन् ।

घर बनाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितिमा पुगेको भन्ने जानकारी आएको र स्थानियहरुलाई जिल्लामा बोलाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

यता वित्थडचिर गाउँपालिका– ७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले उक्त विवाद उत्पन्न भएको र त्यसैको समाधानको लागि छलफल गर्न सदरमुकाम चैनपुरमा आएको बताए ।

 

Loading...