महेन्द्रनगर बजारबाट ५ जना जुवाडे पक्राउ

कञ्चनपुर, १ असार- कञ्चनपुरको भिमदत्तनगरपालिका वडा नं.४ महेन्द्रनगर बजारबाट जुवा खेली रहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Dadeldhura hospital

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कञ्चनपुरबाट खटिएको टोलिले महेन्द्रनगर गल्ली नं. ४ का स्थानीय बिनोद गुप्ताको घरमा जुवा खेलीरहेको अवस्थामा नगद ४६ हजार २०७ रुपैया सहित ५ जनालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भिमदत्तनगरका वडा नं. १८ का ६३ वर्षिय रामकृष्ण गुप्ता, ३३ वर्षिय सचिन गुप्ता, ४५ वर्षिय बिनोद गुप्ता, ४२ वर्षिय सुनिल गुप्ता र ५५ वर्षिय मुरारी गुप्ता रहेकोे कञ्चनपुर जिल्ला प्रहरीले जनाएको छ ।

Loading...