दार्चुलामा प्रहरी हवल्दारले बस चालक कुटेपछि हंगामा

दार्चुला- दार्चुलामा ट्राफिक प्रहरीले बस चालकमाथि हातपात गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नवीन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र. ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीमाथि हातपात गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

आइतवार बिहान उनलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले कठालो समात्दै कुटेका हुन् । ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टमा ल्याएको चालक खत्रीले बताए ।

Navadurga sun
Godawari sandesh

गोकुलेश्वरमा महेन्द्रनगर, धनगढी लगायतका ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो । उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएका थिए ।

महाकाली यातायात, पवनदुत यातायात लगायत अन्य यातायात व्यवसायीले बस, जिपहरु बिच सडकमा लगाएर सो घटनाको विरोध गरेका थिए । ठगुन्नाले चालक खत्री र यातायात व्यवसायीहरु सामु माफी मागेपछि बस, जिपहरु बिच सडकबाट हटाइएका थिए ।

 

Loading...