लागुऔषध सहित कञ्चनपुरमा २ युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, १ असार- कञ्चनपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका वडा नं. ८ बाट लागुऔषध सहित सोही ठाउँमा बसोवास गर्ने २८ वर्षीय सुरेन्द्र विष्ट र २२ वर्षीय सन्तोश रानालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले उनीहरुको साथबाट ९.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए । दुवै जना सवार सुप.प्र०१-००८ प ८५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...