घोडाघोडी–७ को वडा कार्यालयमा तालाबन्दी

धनगढी-  कैलालीको घोडाघोडी नगरपालिका–७ हरीनगरको वडा कार्यालयमा स्थानीयहरूले तालाबन्दी गरेका छन् । वडाध्यक्षले स्थानीयहरूसँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष २०८०÷०८१ को वडामा विनियोजित बजेटमा वडाध्यक्षले एकलौटी ढङ्गले छुटाएको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य भएको स्थानीय रागब शाहीले बताए ।

Dadeldhura hospital

वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कृतिपुर टोलमा कान्द्रा र डोडा नदिले कटान गर्दा बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको भए पनि वडा र नगरले यो वर्षको बजेटमा कुनै योजना नछुटाएको उनीहरूको भनाई छ । कान्द्रा र डोडा नदिमा तटबन्ध नहुँदा हजारौँ जमिन कटान र बस्ती नै उच्च जोखिममा परेको उनीहरूले बताए । आफूहरूको मुख्य माग नै कान्द्रा र डोडा नदिमा तटबन्ध भएको स्थानीयले बताएका छन् ।

Navadurga sun
Godawari sandesh

पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको उनीहरूको भनाई छ । जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्न स्थानीयहरूको माग रहेको छ । प्रत्येक वर्ष आफूहरूलाई आश्वासन मात्र दिने गरेको तर काम भने पटक्कै नभएको स्थानीयहरू बत्ताउँछन् ।

वडाध्यक्ष जुगराम चौधरीले भने त्यहाँको समस्या आफूलाई अवगत भएको तर वडाको बजेटले तटबन्ध गर्न नसकिएको बताए । कान्द्रा र डोडा नदिको कटान रोक्नको लागी नगर, प्रदेश र सङ्घीय सरकारको बजेटमा मात्र काम हुने उनको भनाइ छ । त्यस ठाउँमा तटबन्धका लागी आफू लागी परेको उनको भनाई छ ।

Loading...