कांग्रेस बैठकमा गगन-विश्वमाथि प्रश्न : तपाईंहरुलाई अनुशासन लागु हुन्छ कि हुँदैन ?

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठेको छ। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागु हुन्छ कि हुँदैन रु भनेर प्रश्न गरे।

Ganyapdhura gau
Dadeldhura hospital

उनले महामन्त्रीद्वयलाई लक्षित गर्दै भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ रु त्यसैले यहाँ लगाममा धेरै छैन। तथानाम छ जे पायो त्यही गरिएको छ।’

Navadurga sun
Godawari sandesh

पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित महामन्त्रीद्वयले नेतृत्व परिवर्तनको एजेण्डा उठाउँदै आइरहेका छन्।

Loading...