सशस्त्र प्रहरीद्वारा विपतमा फसेका पाँच बालबालिकाको उद्धार

कञ्चनपुर- सशस्त्र प्रहरीले विपत् जोखिममा परेका कञ्चनपुर दोधाराचाँदनी नगरका बालबालिकालाई उद्धार गरेको छ । सीमावर्ती जगबुढा नदीको विपत् जोखिममा परेका दोधाराचाँदनी नगरपालिकाका पाँच बालबालिकालाई उद्धार गरेको हो । बाख्रा चलाउन मायापुरी जंगल गएका बालबालिकालाई उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेक्वा शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले मंगलबार बाख्रा चराउन जंगल गएका घर फर्किने क्रममा नदीको बीचभागमा अड्किएका बालबालिकालाई उद्धार गरिएको बताए । उनीहरूलाई अढाई घन्टामै उद्धार गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

सीमा सुरक्षा बल देवीस्थान गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले बालबालिकालाई उद्धार गरेको बताए । सशस्त्र प्रहरीका एसपी रावलका अनुसार दोधराचाँदनी नगरपालिका– ३ बडुवाल टोलका १२ वर्षीया खुसी राना, नौ वर्षीया भावना सुनार, सानु दमाईं, ११ वर्षीया रोसनी सुनार, १० वर्षीया मुस्कान दमाईंलाई उद्धार गरिएको छ ।

उनीहरू सीमावर्ती मायापुरी जंगलमा बाख्रा चलाउन गएका थिए । समयमै सशस्त्र प्रहरीले उनीहरूको उद्धार गरेपछि ज्यान जोगिएको बताएका छन् । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणदेखि विपत् जोखिममा परेका बालबालिकालाई उद्धार गरेपछि स्थानीय हर्षित भएका छन् ।

 

 

Loading...