सांसदहरूले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं- संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले  सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।  सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

Ganyapdhura gau
Dadeldhura hospital

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था  छ। सोही व्यवस्थाअनुसार सचिवालयलले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो।

Navadurga sun
Godawari sandesh

null

 

Loading...