राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कञ्चनपुर- कैलाली–कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । साउन महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए ।

Ganyapdhura gau

‘राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ,’ उनले भने, ‘राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।

Navadurga sun

तीज पर्व राना थारु समुदायका महिलाको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा यसलाई लिइने गरिन्छ । परम्परागतकामा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्बदन्ती रहेको छ ।

सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको लामो आयुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । दाजु भाइले तीजपर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउँमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन रहेको छ ।

Dadhaldhura pur

उनका अनुसार परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठुलो स्वरमा सावनका माङ्गलिक गीत गाउने गर्दछन् । महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन् । डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउने गर्दछन् । महिलालाई उत्साह थप्नका लागि पुरुषले ठुलो स्वरमा गीत गाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइ भतिजाबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्त्व दिइने गरिएको छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइ भतिजाको दीर्घायुको कामना गरी तीज पर्व मनाउने गरेका छन् । निरहार बसेका दिदी बहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

गडरौँदा जातको घाँसमा विवाहितले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ती सँगै बिर्षजन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताए । बिर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् ।

बिर्सजन गर्न जाने बेला गाउँका युवाले दिदी बहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन् । जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ । तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रूपमा लिने गर्दछन् ।

तीजका अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...