
दार्चुला- महाकाली नगरपालिका-४ रिङ्नेतालनजिक माथिबाट खसेको ढुंगाले लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा दुहुँ गाउँपालिका-५ स्थायी घर भई हाल दार्चुला उद्योग वाणिज्य संघमा कार्यरत अमर महरा चिया पसलमा बसिरहेको बेला माथिबाट ढुंगा खस्दा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।



बिहीबार राति मानसिंह बडालको चिया पसलमा बसिरहेका बेला माथिबाट खसेको ढुंगाले लागेर महरा घाइते भएका हुन् । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धनगढी रिफर गरिएको दार्चुला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिहले बताए ।

