नगर प्रमुख साउँदद्वारा कैलालीको बुढीतोलामा बिद्यालयको नमुना भवन निर्माणको शिलन्यास




अत्तरिया, ३१ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ को बुढीतोलामा लक्ष्मी आधारभुत बिद्यालयको नमुना भवन निर्माणको शिलन्यास गरिएको छ । सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले उक्त भवनको शिलन्यास गरेका हुन ।






गोदावरी नगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तगरत निर्माण गरिन लागेको हो । भवन निर्माणका लागि गोदावरी नगरपालिकाबाट ६ लाख, नमूना विद्यालय कार्यक्रमको २४ लाख र ३ लाख ३४ हजार ५ सय ६९ रुपैयाँ जनश्रमदानबाट निर्माण गरिन लागेको नगरपालिकाले जनाएको छ । २ कोठे उक्त भवन निर्माणको काम चालु आर्थिक बर्षको असार समान्तसम्ममा सकिनु पर्ने छ ।

भवन शिलन्यास कार्यक्रममा नगर प्रमुख साउँदसंगै गोदावरी नगरपालिकाका प्रवक्ता एवम वडा नं. १ वडा अध्यक्ष शर्मानन्द भट्ट, वडा नं. २ का वडा अध्यक्ष कृष्णराज जोशी, वडा नं. ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारी, गोदावरी नगरपालिका शिक्षा प्रमुख बसन्त कुमार खत्री, नगरप्रमुखका स्वकिय सचिब योगेन्द्र बहादुर सिंह लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।



