
काठमाडौं- नेकपा (माआवादी केन्द्र) ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए ।



त्यस्तै, बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरेको छ । आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहाको शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । गुरुङका अनुसार आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

