बैतडीमा जारी निषेधाज्ञा असार १५ गतेसम्म थप (जारी आदेश सहित)

बैतडी, ३१ जेठ- बैतडी जिल्लामा जारी निषेधाज्ञा चौथोपटक थप गर्ने निणर्य भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निणर्य भएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।

Navadurga sun
Godawari sandesh

कोभिड-१९ को संक्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।  संक्रमणदर घट्दो भए पनि जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निणर्य भएको हो, त्यहीअनुसार आदेश जारी गरिएको अधिकारी पाण्डेले बताए ।

थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी/कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गरी बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने भएको छ । साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने समेत जनाइएको छ । एन्टिजेन परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाउने निणर्यसमेत भएको छ । हाल जारी निषेधाज्ञामा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको छ ।

Dadeldhura hospital

बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । स्थानीय तहहरूबाट बैंकको कामका लागि सदरमुकाम जानु परेमा स्थानीय तहको सिफारिसमा यातायातको साधन प्रयोग गरी जान पाइने छ ।

निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निणर्य भएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधि लगायतका कार्यक्रम गर्न पाइने छैनन् । विद्यालय, मालपोत, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयबाट प्रवाह हुने सबै सार्वजनिक सेवा बन्द रहनेछन् ।

निषेधाज्ञाको उल्लङ्घन गरेमा, कालोबजारी गरेमा, तोकेको मूल्यभन्दा बढी मूल्य लिएमा, म्याद नाघेका खाद्यवस्तुको विक्रीवितरण गरेमा र पसलमा मूल्यसूची नराखेमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

Loading...