

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सेभ हाउस र अत्तरियामै रहेको अत्तरिया अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।





फजुल खर्च भन्दा मानव सेवामा सकेको रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देशदिनकै लागि भएपनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफ्नो जन्म दिनको अवसरमा समाजसेवी उद्योगी व्यवसायि धर्मि खड्काले सोमबार जन्मदिनको अवसरमा हेभ हाउस र अत्तरियामै रहेको अत्तरिया अस्पतालमा फलफूल तथा जुस वितरण गरेकी छन् ।


फलफूल तथा जुस वितरण गर्दै खड्काले सेभ हाउसमा रहेका बालबालिकाहरुसंग आफ्नो जन्म दिन मनाउन पाउँदा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने छु ।’
त्यस्तै अत्तरिया अस्पतालमा उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्य लाभ र सफल उपचारका लागि शुभकामना व्यक्त गरिन् ।

पछिल्ला दिनहरुमा जन्म दिनलाई मानव सेवामा लगाउने कार्यले नेपाली मन र पनलाई विगतको अवस्थामा विस्तारै पुगाउन सक्ने र आपसी सद्भाव र भाईचारका सम्बन्ध देखि लिएर एक नेपालीलाई पर्ने पीडा अर्को नेपालीलाई बोध हुने गरि समाज सेवाका कार्यक्रमहरु बिस्तारै अघि बढिरहेकाले केहि हद सम्म भएपनि लक्षित समुदाय भने लाभान्वित बन्न थालेको छ ।