बझाङमा जेसिबी दुर्घटना : चालक घाइते

बझाङ- बझाङमा जेसिबी दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ ब्याँसिमा आज बिहान जेसिबी दुर्घटना भएको हो ।

Dadeldhura hospital

ब्याँसिबाट काम गरेर भाँडेबजार तर्फ जादै गरेको बा ३ क २३३५ नम्बरको जेसिबी सोमवार बिहान सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

घाइते हुनेमा चालक नुवाकोट जिल्लाका २८ वर्षिय युवराज तिमिल्सेना रहेका छन् । उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Loading...