मौलिक संस्कृति जोगाउन प्रदर्शनी

बझाङ – जिल्लाको थलारा गाउँपालिका–९ मा परम्परागत संस्कृति प्रदर्शनी गरिएको छ। लोपोन्मुख अवस्थामा रहेका परम्परागत कला, संस्कृतिको संरक्षणका लागि वडाले आर्थिक सहयोग गरेर शुक्रबार स्थानीय कला, संस्कृति प्रर्दशन गराएको हो ।

पहिचानका रूपमा रहेका मागल, भात्र्या नाच, गौरा, भारीखेल, देउडाजस्ता संस्कृतिलोप हुने अवस्थामा पुग्न थालेको थलारा गाउँपालिका–९ का वडाअध्यक्ष लोकेन्द्र बहादुर विष्टले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘वडाको पहिचानका रूपमा रहेका परम्परागत सांस्कृतिक सम्पदाहरू लोप हुने चिन्ता बढेको छ’, उनले भने, ‘यिनको संरक्षणमा टेवा पुगोस् भनेर स्थानीय कला, संस्कृति प्रर्दशनको आयोजना गरेका हौँ।’

चाडपर्व, मेला, विवाह, पूजाजस्ता सामाजिक कार्यहरूमा मात्र संस्कृति सीमित हुन थालेकाले युवापुस्तालाई जानकारी दिन प्रदर्शनी आयोजना गरेको उनको भनाइ छ।

थलारा माध्यामिक विध्यालयका शिक्षक प्रेमबहादुर सिंहले नयाँ पुस्तालाई मौलिक भाषा संस्कृतिको जानकारी दिन यस्ता कार्यक्रम भइरहनु पर्ने बताए।

 

 

Loading...