सेती प्रादेशिक अस्पतालमा थप ३ जनामा संक्रमण पुष्टि

अत्तरिया, ३० जेठ- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा गरीएको कोरोना परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा ९४ जनाको रिपोट नेगेटिभ र ३ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार संक्रमण पुष्टि हुनेहरूमा धनगढीका १ जना, कैलालीका अन्य स्थानका १ जना र कैलाली बाहिरका १ जना रहेका छन् । २ जना नयाँ संक्रमित अस्पताल भर्ना हुँदा १ जना संक्रमणमुक्त भएका छन् । हाल अस्पतालमा २२ संक्रमित उपचाररत छन् ।

पूर्ण जानकारी सहित:

Loading...