दोदा नदी किनारमा एक जना मृत फेला

कञ्चनपुर- कञ्चनपुरको दोदा नदी छेउमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाईका ४५ वर्षीय करनसिंह साउँद नदी किनारामा मृत फेला परेका हुन् ।

Dadeldhura hospital

उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए।

Navadurga sun
Godawari sandesh

उनी शनिवार राति मृत फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

 

 

Loading...