केही खुकुलो बनाएर दार्चुलामा निषेधाज्ञा १० दिन लम्बियो (सूचना सहित)




दार्चुला, ३० जेठ- दार्चुलामा जारी निषेधाज्ञा लब्याइएको छ । आइतवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिश गरे बमोजिम असार १० गतेसम्म निषेधाज्ञा लम्बिएको हो । यसअघि जारी निषेधाज्ञा भोली राती १२ बजे सकिदैछ ।


जिल्लामा संक्रमण दर अझै धेरै नघटेको भन्दै असार १० गते राती १२ बजेसम्म लागू हुनेगरि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।



जोशीका अनुसार बजार बिहान ६ बजेदेखि १० बजेसम्म र बैंक तथा वित्तिय संस्थाहरु बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
दार्चुला जिल्लामा गरिएको निषेधाज्ञा आदेशको अवधि थप गरिएको बारे सम्बन्धी सूचना




