दार्चुलामा स्कुलमै आएर अर्काको छोरा कुट्ने अभिभावक पक्राउ

दार्चुला- दार्चुलामा आफ्नो छोराको सहकर्मी कुट्ने एक अभिभावक पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा प्रवेश गरेर विद्यार्थी कुट्ने हरिभक्त गिरी पक्राउ परेका हुन।

असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो। विद्यार्थीबीचको झगडामा गएर हरिभक्त गिरीले साउदलाई विद्यार्थीको बीचमा कुटपिट गरेका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउदबीच सामान्य विवाद भएर झगडा भएको थियो। उनेहरु दुवै कक्षा ८ मा अध्ययनरत रहेको प्रधानाध्यापक कृष्णदेव विष्टले जानकारी दिए।विद्यार्थीबीच खेल्ने बलामा सामन्य झगडा भएको तर गिरीका बुबा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको उनले बताए।

खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिभक्त आएर साउदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएको थियो।

साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउदका अभिभावकले मंगलबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताए।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ। गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको सिंहले जानकारी दिए।

Loading...