देउवाको गृहजिल्लामा जनसभा गर्दै रास्वपा, रविले सम्बोधन गर्ने

डडेल्धुरा- राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ। रास्वपाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो।

Dadeldhura hospital

रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

उनका अनुसार उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। उनले डडेल्धुरावासीलाई उक्त जनसभामा उपस्थितिका लागि पनि अनुरोध गरे।

Loading...