कन्चनपुरमा एक किशोरी मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा १७ वर्षीया एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेकी हुन्। उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

सोमवार बिहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतकको महाकाली अस्पतालमा पोष्टमाटम गरी शव परिवारले बुझिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...