अतिरिक्त हुलाक खारेजीको विरोधमा बझाङमा आन्दोलन

बझाङ- सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि बझाङमा कर्मचारी विरोधमा उत्रिएका छन्।हुलाकलाई व्यवस्थापन नगर्दासम्म अतिरिक्त हुलाकका कर्मचारीले काम नगर्ने बताएका छन्।

Dadeldhura hospital

बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियशन बझाङले सरकारले गरेको खारेजीको घोषणाप्रति विरोध गर्दै सरकारलाई निर्णय फिर्ता लिन अनुरोध गरेको र समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुपर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियशन बझाङका अध्यक्ष हरिचन्द्र जोशीले बताए।

Navadurga sun
Godawari sandesh

कर्मचारीहरूले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने कर्मचारीहरूले चेतावनी दिएका छन्।

सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब सुविधा बढाउँदा सरकारले अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ।

 

Loading...