कैलाली र कञ्चनपुरबाट ब्राउनसुगरसहित चारजना पक्राउ

कञ्चनपुर- कैलाली र कञ्चनपुरबाट प्रहरीले ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ। शनिबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट दुई जना पक्राउ परेका छन्।

Dadeldhura hospital

सोही ठाउँका २७ वर्षीय बिष्णु विष्ट र १९ वर्षिया आस्मा श्रेष्ठको कोठामा शङ्का लागी खानतलासी गर्दा उनीहरुको साथबाट १०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुबैजनालाई पक्राउ हो।

Navadurga sun
Godawari sandesh

यस्तै कञ्चनपुरबाट पनी लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। शनिबारनै बेलौरी नगरपालिका–१० भुडामा भारतबाट नेपाल आउँदै गरेका बझाङको मष्टा गाउँपालिका–२ का राजकुमार रोकाया र तलकोट गाउँपालिका–१ का २६ वर्षीय झलकबहादुर द्वाललाई १९ ग्राम ९०० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले शङ्काको आधारमा मोटरसाइकललाई जाँच गर्ने क्रममा रोकायाको साथबाट ब्राउनसुगर फेला परेको हो । सु.प.प्र ०४००१ प ०१०६ नम्बरको मोटरसाइकलसहित दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

 

Loading...