

धनगढी- कैलालीमा एक जना किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गोदावरी नगरपालिका–४ बसन्तपुरका भक्तबहादुर बोहराकी १८ वर्षीया छोरी अस्मि बोहरा मृत फेला परेकी प्रहरीले जनाएको छ।



ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालका अनुसार शनिवार करिब ४ बजेको समयमा अस्मि आफै घरभित्र मृत अवस्थामा फेला परेकी हुन् ।


अस्मि आफ्नै एक तले चार कोठे पक्की घरको आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। मृतक अस्मिले आत्महत्या गरेको बताइएको र सो घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।