प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिने भएका छन्। संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रचण्डले आज प्रश्नको उत्तर दिन लागेका हुन्।

Dadeldhura hospital

बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ।

Navadurga sun
Godawari sandesh

यसैगरी, यसअघि प्रदेशको नाम उल्लेख नगरेका कारण रोकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकमाथिको पनि छलफल आज नै हुने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।

Loading...