

धनगढी- कैलालीको अत्तरिया बजार बन्द गरिएको छ। मंगलवार चार जना पक्राउ गरेको बिरोधमा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आह्वानमा अत्तरिया बजार आज बन्द गरिएको हो।



मालाखेती प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाकेको गाडी तोडफोड गरेका थिए।


सोही क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएका छ। गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले पहरीले आन्दोलनमा रहेका युवाहरुलाई पक्राउ गरेर कुटपिटगरी घाइतेसमेत बनाएकाले रिहाईको माग गर्दै बजार बन्द गरिएको बताए।
सङ्घर्ष समितिले माघ २९ गतेको निर्णय कार्यान्वयन गरी चालु अधिवेशनमै मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालन गरिनुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।

