बझाङ दुर्घटना : चालक र पीएसओको अवस्था कस्तो छ?

कञ्चनपुर- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा घाइते भएका चालक र निजी सुरक्षा अधिकारी (पीएसओ) को स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालय  बझाङका अनुसार बाँकेको कोहलपुरमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सुध्रिँदै गएको हो।

मन्त्री सिंहसहित चालक धर्मराज जोशी र उनका पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीलाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर पुर्‍याइएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

तर कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मन्त्री सिंहको निधन भयो। सोही दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि उपचारका क्रममा स्थानीय अस्पतालमै मृत्यु भयो। उनीहरुका शव अहिले जिल्ला अस्पताल बझाङमा राखिएको प्रहरीले जनाएको छ।

मन्त्री सिंहको शव भने कोहलपुरबाट धनगढी ल्याइएको छ। ‘घाइते दुईजनाको कोहलपुरमा उपचार भइरहेको छ, स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी पाएका छौँ’, जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले भने।

मन्त्रीसहित उनीहरु सवार सु प प्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार दिउँसो बझाङ केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्वी राजमार्गमा दुर्घटनामा परेको थियो।

Loading...