धनगढी- कैलालीको अत्तरियामा बाँके जिल्ला अदालतको गाडीमा तोडफोड भएको छ । मंगलबार गोदावरी नगरपालिका– ३ चौकीडाडाँमा बाँके जिल्ला अदालतको प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडीमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिको आन्दोलनका क्रममा गाडीमा तोडफोड भएको हो ।



पुर्वनिर्धारीत कार्यक्रम संघर्ष समितिले आज बिहान ८ बजे देखि ११ बजे सम्म सरकारी सावरी साधन रोक लगाएको थियो । सो अवधिमा सरकारी गाडी चलाएको भन्दै आन्दोलनरत पक्षबाट तोडफोड भएको जनाइएको छ ।


इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालका अनुसार तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ । संघर्ष समितिले आन्दोलनको उक्त कार्यक्रम अन्तरगत कैलालीका बिभिन्न राजमार्गहरुमा सरकारी सवारी साधनलाई चल्न दिएका थिएनन् ।
सङ्घर्ष समितिले माघ २९ गतेको निर्णय कार्यान्वयन गरी चालु अधिवेशनमै मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालन गरिनुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।