गोदवारीमा एक महिला मृत अवस्थामा फेला

धनगढी- कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा २५र३० वर्षजस्ती देखिने युवती मृत भेटिएकी हुन्।

Dadeldhura hospital

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्।

Navadurga sun
Godawari sandesh

मृत्युको कारण पनि खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय (मालाखेती, कैलाली) को टोली अहिले घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Loading...