डडेल्धुरा- डडेल्धुराको जंगलमा बम फेला परेको छ । आलिताल गाउँपालिका–१, रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र बम फेला परेको हो । स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



बाख्रा चराउन वनमा गएका बोहराले खबर गरेपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो । अहिले दह ब्यारेकबाट सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


उनीहरूले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डीएसपी मनोहर भट्टले जानकारी दिए ।