कैलालीमा २ थान भरुवा बन्दुक र ३६ गोलीसहित एक जना पक्राउ

धनगढी- कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुरबाट दुई थान भरुवा बन्दुक र ३६ गोली लगायत सामान सहित ५५ वर्षीय दयाराम चौधरी पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय हसुलियाका अनुसार जेठ ३२ गते दिउँसो २ बजे चौधरीको घरमा अवैध भरुवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले घर खानतलासी गर्दा बन्दुक फेला परेको थियो।

Navadurga sun

चौधरीको घर खानतलासी गर्दा उनी सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा दुई थान एक नाले भरुवा बन्दुक, बारुद ४ डिब्बा (२ ग्राम ७०० मिलिग्राम),तयारी गोली ३६ पिस,गोली बनाउन प्रयोग हुने सिसाका टुक्रा २४ पिस,केप ८ पिस,कम्पास १ थान फेला पारी बरामद गरेको हो। साथै चौधरीलाई समेत सोही स्थानबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। भरुवा बन्दुकसहित पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...