धनगढीमा शेख मुनिरको घर नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा

धनगढी- धनगढीमा शेख मुनिरको घर नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिस्ट पार्टीले जनताको आग्रहमा घर कब्जामा लिएको उल्लेख गरेको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीको पहलमा मीटरब्याजी शेख मुनिर अहमदको घर जन नियन्त्रणमा लिएको बताइएको छ। उल्लेख गरेको सूचनामा लेखिएको छ, ‘सयौँ जनालाई घरबारविहीन बनाउने, कयौँलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौँलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ।

Navadurga sun

साथै कुख्यात अपराधीका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफत गरिने छ। र, सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ।’ नेपाल कम्युनिस्ट पार्टीले शेख मुनिर अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिएको छ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी कैलालीले अबोध कारोबार मिटर ब्याजका विरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले एकीकृत जनक्रान्ति जिन्दाबाद, मिटरव्याजीहरुलाई कारबाही गर, पीडित जनतालाई न्याय गर भन्दै नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

ADD Khali jpg
Loading...