धनगढीमा डिजिटल वडापत्र सञ्चालन

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सेवा लिनमा सहजताका लागि उपमहानगरपालिकाले मङ्गलबारबाट डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको हो।

नागरिक वडापत्रमा उपमहानगरपालिकाले प्रदान गर्ने सेवा, सेवा उपभोगको प्रक्रिया, आवश्यक कागजात र लाग्ने दस्तुर लगायतको बारेमा जानकारी राखिएको छ। यी सबै कुरा सेवाग्राहीले आफै डिजिटल बोर्डमा शाखा छानेर हेर्न सक्ने व्यवस्था गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उपमहानगरपालिकामा सेवा लिन आएका सेवाग्राहीहरूले आफूले लिने सेवाको बारेमा डिजिटल नागरिक वडापत्रबाट जानकारी लिएर छिटोछरितो रूपमा सेवा लिन सक्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।

कतिपय सेवाग्राहीले सेवा लिने तरिका नबुझ्दा काम नभएको गुनासो गर्दै आएका थिए। अब त्यस्तो गुनासा पनि हल हुने उपमहानगरपालिकाको कार्यालयले जनाएको छ।

यसैगरी, के सेवा, कुन शाखाबाट पाइने भन्ने कुरा पनि डिजिटल वडापत्रबाट सजिलै थाहा पाउन सकिने भएकाले सेवाग्राहीलाई धेरै सहज हुने जनाइएको छ।

 

Loading...