नहरमा युवक मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा नहरमा एक जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिबार मृत अवस्थामा फेला परेका हुन।

सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ। घर नफर्किएपछि खोजतलास गर्ने क्रममा भट्टको नहर कल्भर्डतिर पानीमा डुबेको अवस्थामा शव भेटिएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
Loading...