गर्मी बढेपछि बेलौरीका विद्यालयमा बिदा

कञ्चनपुर- तराईमा गर्मी बढ्दै गएपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले बिदा दिएको छ। बेलौरी नगरपालिकाले गर्मी बढेपछि स–साना बालबालिकामा असर परेको भन्दै सार्वजनिक बिदा दिएको हो।

चर्को गर्मीका कारण विद्यार्थी- शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले २६ जेठदेखि ३०गतेसम्म नगरपालिका क्षेत्रमा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने जनाएको छ।

Navadurga sun

बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारादत्त जोशीद्वारा हस्ताक्षरित गरिएको सूचनामा बर्खे बिदाबाट मिलान गर्ने गरी पाँच दिन गर्मी बिदा दिइएको जनाइएको छ।

अहिले कञ्चनपुरमा ४० देखि ४२ डिग्री सेल्सिएस तापक्रम छ। बेलौरी नगरपालिकाले गर्मी बिदा दिएसँगै अन्य पालिकाले समेत बर्खे बिदामा मिलान गर्ने गरी बिदा दिनुपर्ने शिक्षक, अभिभावक र विद्यार्थीले माग अघि सारेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...