धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु

काठमाडौं- धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको हो।

Dadeldhura hospital

सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवालले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

उनका अनुसार अप्सरा भने गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो। उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको डिएसपी जैसवालले बताए।

 

Loading...