वर्षभरि बस्ने केन्द्रीय समिति बैठकका लागि क्यालेन्डर बनाउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कुन महिनाको कति गते बस्ने भन्ने निर्धारण गर्ने तयारी गरेको छ। गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठक राख्न नसकेको कांग्रेसले जेठ मसान्तभित्र बैठक राख्ने र उक्त बैठकबाट वर्षभर कुन महिनाको कति गते केन्द्रीय समिति बैठक हुने भन्ने निश्चित गर्न लागेको हो।

Dadeldhura hospital

महामन्त्री गगन थापाका जेठ मसान्तभित्र केन्द्रीय समिति बैठक गर्ने तयारी छ। ‘त्यो बैठकले कांग्रेस केन्द्रीय समिति कुन महिनाको कति गते बस्ने भनेर वर्षभरको तिथिमिति पनि निर्धारण गर्छ,’ थापाले भने, ‘केन्द्रीय समिति बैठक बसेन भन्ने गुनासा अब हट्छ।’

Navadurga sun
Godawari sandesh

कांग्रेस विधानअनुसार हरेक दुई महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक राख्नुपर्छ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ। तर सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि मनोनीत गर्नुपर्ने ३३ जनामध्ये २० जना केन्द्रीय सदस्य अझै मनोनीत गरेका छैनन्।

 

Loading...