संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्याको प्रयास

खाँदबारी- संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन्।खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन्।

सभापोखरी- १ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन्। दर्नानलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी गराए।

Navadurga sun

घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।

स्थानीयका अनुसार गए राती मृतक २१ वर्षीया दर्नालको डेरामा दुबै जना सँगै बसेका थिए। बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोदारले बताए। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...