कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न.५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरिएको छ । बुधबार स्वास्थ्य चौकीको सभाहलमा एक औपचारीक कार्यक्रका बीच स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै नगरप्रमुख हेमराज ओझाले रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सेवा शुभारम्भ गरेपछि नगरप्रमुख ओझाले कृष्णबासीले रेबिज रोग विरुद्धको खोप सेवा लिन नगरपालिका बाहिर जानुपर्ने झण्झटलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको बताए ।

उनले नगरपालिका बाहिर सेवा लिन जाँदा आफ्ना नागरीकले कहिल्यै चिकित्सक नभेट्ने,कहिले समयमै अस्पताल नपुग्ने र सेवा लिन पनि मालाखेती अस्पताल,सेती प्रादेशिक अस्पताल धनगढी वा महाकाली अस्पताल जानुपर्ने बाध्यता रहेकाले पनि आफूले विभिन्न निकायसँग समन्वय गरेर रेबिज रोग विरुद्धको खोप सेवा कृष्णपुर स्वास्थ्य चौकीमा शुभारम्भ गरेको बताए । आफू निस्वार्थ रुपमा जनताको सेवा गर्न कटिबद्ध रहेको भन्दै नगरप्रमुख ओझाले समृद्ध कृष्णपुर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह समेत गरे ।

रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ कार्यक्रममा बोल्दै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एंव वडा न.५ का अध्यक्ष टेक पाण्डेले नगरप्रमुख ज्यूको स्वास्थ्य र शिक्षालाई आमुल परिवर्तन गर्ने योजनालाई सबैले साथ दिनुपर्ने बताए । उनले धेरैजसो विरोध मात्रै गर्ने नकारात्मकतातिर मात्रै ध्यान दिने गरेको भन्दै राम्रो काम जसले गरेपनि मुक्तकण्ठले प्रशंसा गर्नसक्नुपर्ने बताए ।

त्यस्तै वडा न.७ का अध्यक्ष घुम्मन रानाले नगरप्रमुख ज्यूले पालिका समृद्धका लागि गर्नुभएको अभियानमा आफू काँधमा काँध मिलाएर हिड्न तयार बताए ।

Loading...