संसद्‍मा प्रचण्डसँग ओलीले सोधे– लिम्पियाधुरा, लिपुलेकको सीमा सुरक्षित नै छ ?

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कालापानी क्षेत्रको अवस्थाका बारेमा सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले कालापानी क्षेत्रको अवस्थाबारे सरकारसँग प्रश्न गरेका हुन् । उनले सम्बोधनको क्रममा भने, ुकालापानी क्षेत्रको अवस्था के छ रु सीमा सुरक्षित नै छ रुु उनले भने ।

Dadeldhura hospital

देशको सीमा रक्षा गर्न सरकार असफल भएको उनले आरोप लगाए । कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाउँदै गरेको विषय सञ्चार माध्यममा आएको भन्दै यसबारे जानकारी गराउन उनले माग गरे। यो सरकारबाट मातृभूमिको सुरक्षा गर्न कठिन रहेको आरोप पनि उनको आरोप छ ।

Navadurga sun
Godawari sandesh

‘यो सरकारबाट मातृभूमिको रक्षा गर्न कठिन छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमा पर्छ कि पर्दैन रु’ ओलीले प्रश्न गरे ।भारत भ्रमणमा जाँदै गरेका प्रधानमन्त्रीलाई कायरपन नदेखाई आवाज उठाउन पनि ओलीले सुझाएका छन् ।

‘प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत छिमेकी र मित्रराष्ट हो । मित्रसँग आफ्नो समस्या खुलस्त राख्न किन नसक्ने । मित्रसँग चिसोपन राख्नुभएन । कायरपन पनि राख्न भएन,’ ओलीले भने, ‘छिमेकीलाई भन्न नसक्ने चिसो राखिरहने र बोल्न नसक्ने हुँदैन । मित्रसँग खुल्ला कुरा गर्नुपर्यो । हाम्रा कुरा यही हो भनेर किन भन्न नसक्ने रु यस्तो गर्दा सबैलाई फाइदा हुन्छ ।’

 

Loading...