सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।


यसैबीच बिहीबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १३५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



