बिहीवार ११२ जनामा कोरोना संक्रमण, एकको मृत्यु


काठमाडौँ- नेपालमा विहीबार ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय १२ जनामा संक्रमण्म पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।


गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।



