नेपाल प्रहरीलाई टीकापुर जेसिजको सहयोग

टीकापुर, २४ जेठ- कोरोनाको दोश्रो लहर फैलिएसँगै फ्रन्ट लाइनमा काम गरिरहेको नेपाल प्रहरीलाई टीकापुर जेसिजले सहयोग गरेको छ ।

Ganyapdhura gau

टीकापुर जेसिजका उपाध्यक्ष वीरेन्द्रबहादुर कुँवरको संयोजकत्वमा जेसिजले इलाका प्रहरी कार्यालय टीकापुरलाई सेनिटाइजर, पानी तथा माक्स सहयोग गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

टीकापुर जेसिजले सुरक्षाकर्मीका लागि २५० पिस माक्स, ४९ पिस सेनिटाइजर तथा ३ पेटी खानेपानी सहयोग प्रदान गरेको टीकापुर जेसिजका कानुनी सल्लाहकार टोपप्रकाश वि.क.ले जानकारी दिएका छन् ।

जेसिज वर्ष २०२१ का अध्यक्ष लक्ष्मण थापाले कोरोना कहरको बेला फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षाकर्मीलाई सानो सहयोग गरेको बताए । अध्यक्ष थापा तथा संयोजक कुँवरले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मधुसुदन न्यौपानेलाई उक्त सहयोग प्रदान गरेका हुन् ।

यसअघि टीकापुर जेसिजले कोरोना कहरमा राहत होस् भन्दै टीकापुर सरोकार समूहको पहलमा टीकापुर उद्योग वाणिज्य संघ र टीकापुर अस्पतालद्वारा थालिएको अक्सिजन सहयोग अभियानमा नगद ३१ हजार रुपैयाँ, टीकापुर अस्पतालका कोरोना संक्रमितहरुका लागि खाना अभियानमा ३ बोरा चामल तथा ५ लिटर तेल सहयोग गरेको थियो ।
कोरोना संक्रमितको उपचारमा रगतको अभाव नहोस् भन्दै जेसिजले रक्तदान कार्यक्रम समेत सञ्चालन गरेको अध्यक्ष सल्लाहकार पृथ्वीराज ढुंगानाले बताए ।

Couple
Loading...