


दार्चुला- दार्चुलामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको शनिवार घर नजिकैको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


घटनाको बिषयमा अनुसन्धान गर्न मालिकार्जुन प्रहरी चौकी र गोकुलेश्वर इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
शवको पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

