कैलालीमा घरेलु मदिरा नष्ट

Dadeldhura hospital

धनगढी- कैलालीमा घरेलु रक्सी बरामद गरी नष्ट गरिएको छ। जिल्लाको कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय हसुलियाले ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशानुसार बुधवार इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीको कमाण्डमा वडा नम्बर–६ को भगतपुर, धर्मपुर, खरुवाखेरा र वनकट्टामा खटिएर स्विप अप्रेसन गर्दा अवैध रुपमा उत्पादन गरेर बिक्री वितरणका लागि राखिएको ९० लिटर घरेलु रक्सी बरामद गरिएको हो। बरामद गरिएको रक्सी स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...