अबको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने : मन्त्री शाह

धनगढी, २४ जेठ- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने बताएका छन् ।

Dadeldhura hospital

सोमबार भएको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता सहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले यस्तो बताए । मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको प्रभाव नियन्त्रणका लागि उन्मुख बजेट ल्याइने बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

शाहले स्वास्थ्य संकट न्यूनीकरणसँगै कोरोनाले अर्थतन्त्रमा पारेको नराकात्मक असरबाट मुक्त गर्ने खालका पुनःउत्थानका कार्यक्रम बजेटको प्राथमिकता हुने समेत उल्लेख गरेका छन् ।

Loading...