एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी बिकलाई

धनगढी, २४ जेठ- नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ ।

Dadeldhura hospital

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

Navadurga sun
Godawari sandesh

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूणर् सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए । यसअघि एमाले संसदीयदलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो ।

तर खड्का सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीयदलले जनाएको छ ।

Loading...