


कञ्चनपुर- कञ्चनपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमवार मृत अवस्थामा फेला परेकी हुन् ।



आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए। मृतकको शव पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ। मृतकका श्रीमान् धनबहादुर पाल रोजगारका लागि भारतमा छन्। दुई छोरा र सासू आमा उनीसँगै घरमा बस्दै आएका थिए।





